• Saturday 17th of October 2026

प्रधानमन्त्री कार्कीले बोलाईन् सुरक्षा परिषद्को बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । आज (बिहीबार) दिउँसो साँढे २ बजे सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा बैठक बस्ने बताइएको छ ।

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । बाराको सिमरा हिजोदेखि अशान्त छ ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र पोलिटव्यूरो सदस्य महेश बस्नेत सिमरा विमानस्थल हुँदै पार्टीको कार्यक्रममा आउन लागेको थाहा पाएपछि जेन–जी युवाहरुले बहिस्कार गरेका थिए ।

सो क्रममा जेन–जी युवा र एमालेका कार्यकर्ताबीच झडपसमेत भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖