नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंको मिनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको छ। दलगत कार्यक्रम रोक्ने सरकारी प्रयास बढ्दै गएको भन्दै संगठनले सडक आन्दोलनमार्फत खबरदारी गरेको हो।
विद्यार्थीहरूको आरोप अनुसार राजनीतिक गतिविधि गर्न पाउनु सबैको अधिकार भए पनि एमालेका कार्यकमलाई विभिन्न स्थानमा रोक्ने कोशिश सरकारबाट भइरहेको छ। उनीहरूले यस्तो हस्तक्षेप निरन्तर बढे प्रतिकारमा उत्रिने चेतावनी दिए।
अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरूले सरकार सुरक्षा दिन असक्षम रहेको र यस्तो अवस्थामा निर्वाचनको तयारी केवल “नाटक” जस्तै देखिएको टिप्पणी गरे। संगठनका अनुसार राजनीतिक स्वतन्त्रता सुनिश्चित नभएसम्म सडकदेखि क्याम्पससम्मको संघर्ष जारी रहनेछ।
