• Saturday 17th of October 2026

नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले गरिन् युवाहरुलाई संयमित हुन आग्रह


  • धनकुटा खबर
  • .

नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले युवाहरुलाई संयमित हुन आग्रह गर्दै देशले अब कुनै पनि प्रकारको हिंसा सहन नसक्ने स्पष्ट सन्देश दिएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा विवेक, धैर्यता र शान्ति सबैभन्दा ठूलो शक्ति भएको टिप्पणी गरेकी हुन्।

उनका अनुसार भदौ २३ को न्याय माग्ने विषयमा दुईमत छैन, तर भावनाको उर्जालाई हिंसामा प्रयोग गर्नु घातक बन्न सक्ने चेतावनी दिइन्। बमले सुशासनका लागि सडकमा उठेको आवाज महत्वपूर्ण भए पनि अहिले शान्ति जोगाउनु सबैको साझा जिम्मेवारी रहेको बताइन्।

राष्ट्रको वर्तमान र भविष्य बोकेका युवाले विद्रोहपछि विवेक कायम राख्नुपर्ने उनको अनुरोध छ। देश संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै उनले अग्रज राजनीतिक नेतृत्व र युवाहरुलाई “नेपाल आमाले शान्ति चाहन्छिन्” भन्ने सन्देश बुझ्न पनि आग्रह गरेकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖