• Saturday 17th of October 2026

महेश बस्नेतले दिए प्रधानमन्त्री सुशीला कार्कीलाई सत्ताबाट हटाउने कडा चेतावनी


  • धनकुटा खबर
  • .

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीलाई सत्ताबाट हटाउने कडा चेतावनी दिएका छन्। शुक्रबार आयोजित नेसनल भोलेन्टियर फोर्स घोषणा सभामा बोल्दै उनले सरकारका क्रियाकलाप जनमतविपरीत रहेको आरोप लगाउँदै आन्दोलन तीव्र हुने संकेत दिए।

बस्नेतले आफू ‘रिटायर्ड जीवन रमाइलो गर्न होइन, राजनीति गर्न’ आएको भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरे। “आजको हाम्रो मार्चपासले भोलिको आन्दोलनको झल्को देखाएको छ। भोलिको हाम्रो कदम भनेको सुशीला आमालाई राजनीतिक जीवनबाट टाटाबाइ गर्नु हो,” उनले भने। उनले प्रधानमन्त्रीलाई सिधै सुझाव दिंदै भने, “छोराछोरीसँग बेलायत जानुस्, उपचार गराउनुस्, वृद्ध पतिको सेवा गर्नुस्। राजनीति दलले र नेताले गर्ने कुरा हो।”

उनले प्रधानमन्त्रीले २–३ दिनभित्र राजीनामा नदिए एमालेको भोलेन्टियर फोर्सले “आवश्यक कदम” चाल्ने चेतावनीसमेत दिए। भाषणका क्रममा उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामाथि टिप्पणी गर्दै उपहासजन्य अभिव्यक्ति प्रयोग गरे— “उहाँ खुट्टा खोच्याउँदै हिँड्नुहुन्छ, आराम गर्नुस्।”

बस्नेतले देश अराजकताको दिशामा गइरहेको आरोप लगाउँदै संसद् पुनर्स्थापना र विधिको शासन कायम गर्न फोर्समार्फत संघर्ष बढाइने बताए। एमालेको शक्ति प्रदर्शन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖