• Saturday 17th of October 2026

एमालेले काठमाडौंमा भाेलि ६० हजार बढी मान्छे उतार्ने नेता बस्नेतकाे दावी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले शनिबार काठमाडौंमा ६० हजार मान्छे उतार्ने दावी गर्नुभएकाे छ।

काठमाडाैंमा शुक्रबार पार्टीको नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। एमालेको प्रदर्शन भव्य हुने आजैको र्‍यालीले देखाइसकेको उहाँकाे भनाइ छ।

शनिबार बिहान ११ बजे भृकुटीमण्डपमा आफूहरु भेला हुने उहाँले जानकारी गराउनुभयाे। प्रधानमन्त्री सुशीला कार्की आमालाई राजनीतिक जीवनबाट टाटा बाई-बाई गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिने उहाँकाे दावी थियाे ।

नेता बस्नेतले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री कार्कीले दुई तिन दिनभित्र राजीनामा दिने दावी समेत गर्नुभएकाे छ। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले स्टाटस लेखेर देशलाई संकटमा पुर्‍याउन खोजे पनि अब नेसनल भोलेन्टियर फोर्सले रक्षा गर्ने उहाँकाे भनाइ थियाे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖