• Saturday 17th of October 2026

चुनावमा भाग लिने कांग्रेसको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचनको हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिएर निर्णय गर्दछ,’ बैठकमा महामन्त्री गगनकुमार थापाले भने ।

कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि निर्णय गरेको छ ।

‘२०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर्ने निर्णय गर्दछ,’ महामन्त्री थापाले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖