एमाले नेता तथा पूर्वमन्त्री किसान श्रेष्ठले जेनजी अगुवा सुदन गुरुङले गु’ण्डागर्दी शैलीमा घरमै पुगेर ध’म्क्याएको आरोप लगाएका छन् ।
उनले लेखेका छन् – “म पार्टी कामको सिलसिलामा काठमाडौं गएको मौका छोपि आज ६ गते मेरो जितपुर सिमरा -४ औराहामा रहेको मेरो घरमा करिव विहान ११ वजे जेन-जीको कथित नेता हुँ भन्दै लु’टपा’ट र गु’ण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते ज’लाईएका घर पुनर्निर्माण गर्ने मेरा कर्मचारी कामदार लाई ध’म्क्याउने र किसान श्रेष्ठको घर फेरी ज’लाउँछु भन्दै तेरो नेता लाई जे पनि हुन सक्छ भनेर ध’म्की दिएको घटनाको घोर भर्त्सना गर्दछु । यसरी जेन जीका नाममा भैरहेको आतंक रोकी शान्ती सुरक्षाको प्रत्याभुती गराइदिन नेपाल सरकार र स्थानीय सरकारलाई अनुरोधसमेत गर्दछु । ”
कृष्ण कुमार श्रेष्ठ (किसान)
निवर्तमान प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री (बारा-४)
