रास्वपामा नेताहरू एकपछि अर्को गर्दै बाहिरिने क्रम बढ्दा पार्टी ठूलो आन्तरिक संकटमा परेको छ ।
जेनजी आन्दोलनपछि सुरु भएको असन्तुष्टि अझै चर्किँदा डा तोसिमा कार्कीले पुनर्गठन माग गर्दै खुला असहमति जनाएकी छन् ।
यही बीच उपाध्यक्ष डा स्वर्णिम वाग्ले पनि आगामी चुनावअघि कांग्रेस फर्कने संकेतले रास्वपाको भविष्यबारे थप प्रश्न खडा भएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।
यद्धपी पछिल्लो समय रास्वपाको पक्षमा सबैभन्दा राम्रो जनसमर्थन देखिएको छ ।
