नेकपा एमालेका नेता महेश बस्नेतलाई बेलुनमा रङ भरेर हान्ने नेविसंघका स्थानीय नेता भएको खुलेको छ ।
बस्नेतमाथि बेलुन हान्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका सञ्जोग गौतम नेविसंघ (शेखर समूह ) महेन्द्र मोरङ क्याम्पस इकाइ सभापति हुन् ।
महेन्द्र मोरङमा संस्थापन र कोइराला समूहको छुट्टाछुट्टै समिति छ । प्रहरी नियन्त्रणमा रहेका गौतम पार्टीको जिल्ला सदस्य समेत थिए ।
पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपतिलाई दुर्व्यवहार गरेपछि उनलाई कारबाही गरिएको नेपाली कांग्रेस मोरङले दाबी गरेको छ ।
