• Saturday 17th of October 2026

अशोकले गठबन्धन बनाए, राजेन्द्र लागे प्रचण्डतिर


  • धनकुटा खबर
  • .

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) मा एकैदिन दुई ठुला घटनाक्रम भएका छन् ।

अशोक राई नेतृत्वको जसपाले तीन वटा पार्टीहरूसँग मिलेर निर्वाचनका लागि नयाँ गठबन्धन बनाउँदा राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा बनेको नेपाली कम्युनिष्ट पार्टीतिर लागेका छन् ।

आइतबार अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबिच जाँतो(चकिया) लिएर निर्वाचन लड्ने सहमति भएको हो ।

‘आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिन्हमा भाग लिन सहमत भयौँ। । एकल चुनाव चिन्हको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिन्ह प्रयोग गर्न सहमत भयौँ,’सहमतिपत्रमा भनिएको छ ।

यता सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठसहितका ६ नेताले नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण गर्ने घोषणा गरेका छन् ।

श्रेष्ठसहित उपाध्यक्ष रणध्वज लिम्बु, परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणि देवान, विज्ञ परिषद्का अध्यक्ष डा.पुष्पराज राजकर्णिकार र अनुशासन आयोगका अध्यक्ष कृष्ण बहादुर घजुले पार्टीको पदीय जिम्मेवारीबाट अलग हुँदै नेकपामा एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖