• Saturday 17th of October 2026

बालेन, कुलमान र सुदनलाई पक्राउ गर्न महेश बस्नेतको माग


  • धनकुटा खबर
  • .

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले उर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरका प्रमुख बालेन शाह र हामी नेपालका संयोजक सुदन गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् ।

बस्नेत आज धनगढीमा आयोजित युवा संघको कार्यक्रममा सरिक हुन गएका थिए । सो क्रममा उनलाई धनगढीमा जेनजी युवाहरुले कालो पट्टी बाँधेर प्रदर्शन गरेका थिए । त्यसबारे उनले प्रतिक्रिया दिँदै यस्तो भनेका हुन् । उनले प्रहरी प्रशासनलाई भने धन्यवाद दिएका छन् ।

बस्नेतले लेखेका छन्–‘

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेन्जीको नाममा प्लेकार्ड देखाउन युवाहरू प्रति कुनै आपत्ति थिएन। तर कार्यक्रम स्थल तर्फ आउँदा सडक अवरुद्ध गर्न केही ब्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खालि गरे पछि तिनीहरु हटेका छन्। प्रहरी प्रशासनलाई धन्यवाद दिनैपर्छ। उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भुमिकाले आजसम्म कुनै पनि अप्रिय घटना हुन दिएको छैन।

जेन्जी समूहलाई अराजक र उत्तेजक बनाएर र आफुलाई जेन्जी का नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पु¥याउन षडयन्त्र गने बालेन कुलमान घिसिङ,सुधन गुरुङ हुन्। यिनलाई पक्राउ गरेर छानबीन गर्नैपर्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖