• Saturday 17th of October 2026

क्यानद्वारा क्याप्टेन विजय लामामाथि कारबाही, अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा कार्यरत क्याप्टेन विजय लामामाथि कारबाही गरेको छ ।

उडान सञ्चालन मापदण्ड पालना नगरेको भन्दै उनीमाथि उडानमा प्रतिबन्ध लगाउने गरी कारबाही गरिएको हो ।

लामाले जहाज उडाउने क्रममा फोटो तथा भिडियो खिचेर भ्लग बनाएको र यसले उडान सञ्चालन मापदण्ड उल्लङ्घन भएको क्यानको ठहर छ ।

प्राधिकरणले नेपाल वायुसेवा निगमको अपरेसन्स डिपार्टमेन्टलाई पत्र लेख्दै अर्को सूचना नआउन्जेलसम्मका लागि रोस्टर अफमा राख्न (जहाज उडाउन नदिन) निर्देशन दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖