• Saturday 17th of October 2026

मलाई ‘ढिँडो मन्त्री’ भन्नुस्:शिक्षामन्त्री पुन


  • धनकुटा खबर
  • .

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पद, ठाँट–बाँट र औपचारिकताको भन्दा जनताको सेवामुखी काम नै आफ्नो पहिचान हुने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय परिसरमा शनिबार चलिरहेको सरसफाइ अभियानमा सहभागी हुँदै उनले आफूलाई ‘ढिँडो मन्त्री’ को उपमा दिएकोमा गर्व महसुस हुने टिप्पणी गरेका हुन् ।

कार्यक्रममा सहभागीहरूले गरेको स्वागत र प्रशंसाको प्रत्युत्तरमा पुनले हाँस्य–व्यङ्ग्य मिसाउँदै भने, ‘लाई अरू मन्त्री नभनेर ‘ढिँडो मन्त्री’ भने पनि हुन्छ। ढिँडो सबैभन्दा स्वस्थकर खाना हो। यस्तो उपमा पाउनु नै मेरो लागि सम्मान हो।’

मन्त्री पुनले आफ्नो शैली पदभन्दा व्यवहारमा केन्द्रित रहेको उल्लेख गरे।
“अफिसको अगाडि नेमप्लेटमा माननीय लेखिएला, तर मेरो काम गर्ने धरातल यतै हो। मन्त्री पद नरहे पनि म यही समुदायको बीचमा रहन्छु,” उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖