• Saturday 17th of October 2026

प्रचण्ड–माधवले सम्बोधन गर्ने पोखराको सभास्थलमा व्यापारीको विरोध


  • धनकुटा खबर
  • .

पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका छन् ।

नजिकका व्यापारीहरूले सभाका कारण व्यापारमा असर परेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले पर्चा र पम्प्लेटसहित विरोध जनाएका थिए ।

गरी खान देऊ भन्ने माग सहित उनीहरुले विरोध जनाएका हुन् । पोखराको ट्रेडमलका व्यवसायी नवराज त्रिपाठीले सडकमा सभा आयोजना गर्न दिनेलाई समेत कारबाहीको माग गरे । ‘सडकमा हुने सभाले व्यापार व्यवसाय चौपट भएको छ । धेरै पहिलेदेखि शान्तिपूर्ण रुपमा माग राख्दा समेत सुनुवाइ भएन,’ उनले भने, ‘अहिले पनि सोही ठाउँमा आन्दोलन र प्रदर्शन भइरहेको छ । यसमा हाम्रो विरोध छ ।’

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष दुर्गा सुनारले केही रकमका लागि सडक बेचिएको आरोप लगाए । उनले व्यवसायीको ध्यान नदिई कार्यक्रमलाई सडक दिँदा मन्दी खेप्नुपरेको बताएका छन् । ‘केही रकमको भरमा सडक बेचिँदैछ । आजदेखि नै यस्तो कार्यक्रम बन्द होस् ।

४ घण्टा बन्द गरेर व्यवसायमा कति नोक्सान हुन्छ ?,’ उनी भन्छन् । व्यवसायीहरूले मेयर धनराज आचार्यको समेत विरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖