• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जन्मदिनको पार्टीमा गोली चल्यो, चार जनाको मृत्यु


  • धनकुटा खबर
  • .

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा बच्चाको जन्मदिनको पार्टीमा गोलीबारी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

यस घटनामा अरू १० जना घाइते भएको बताइएको छ । घटना शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनमा रहेको एक रेस्टुरेन्टमा भएको थियो । मृतक र घाइतेको पहिचान खुलाइएको छैन ।

घटनापछि आक्रमणकारी फरार रहेको समाचारमा उल्लेख छ ।

गोलीबारी स्थानीय समयअनुसार साँझको ६ बज्नु केहीअघि भएको हो । घटनामाथि छानबिन भइरहेको र जानकारीहरू सीमित मात्रै रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖