• Saturday 17th of October 2026

डा. भीम रावललाई एमालेको धङधङी ! नेकपाको सन्देश सभामा जिभ्रो चिप्लियो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशमा आयोजित एकता सन्देश सभामा आज जनसमुदायको बाक्लो उपस्थिति थियो । १५ भन्दा बढी कम्युनिस्ट घटक एक ठाउँमा उभिएको सन्देश दिन मञ्च सजिएको थियो, नारा तयार थियो, सङ्‍कल्प मजबुत थियो । तर, सम्बोधनका अन्तिम वाक्यमा नेकपाका शीर्ष नेता डा. भीम रावल भने झुक्किन पुगे ।

सङ्‍कल्प र भावुकताले भरिएको आफ्नो लामो सम्बोधनको अन्तिमतिर पुग्दै गर्दा, उनले अनायसै बोले, ‘आउने निर्वाचनमा नेकपा (एमाले) को बहुमतको यात्रालाई कसैले रोक्न सक्ने छैन’ । सभा हल एकाएक अचम्मित भयो । कार्यक्रमस्थल हाँसोमय भयो । मञ्चबाट कार्यक्रम सञ्चालकले तुरुन्तै माइकमै सङ्‍केत गरे, ‘नेपाली कम्युनिस्ट पार्टी भन्नुहोस् न, नेकपा (एमाले) भन्नुभयो’।

नेता रावलले तत्कालै आफ्नो बोली सच्याए ।

रावलले अक्मकिदैँ आफ्नो भनाइलाई सच्याएर भने, ‘नेपाली कम्युनिस्ट पार्टीको यात्रालाई कसैले रोक्न र छेक्न सक्ने छैन ।’ त्यसपछि उनले उपस्थित भीडलाई नारामा जोड्न हात उठाए । ‘एक पटक सबैले नारा घन्काऔँ, नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद, नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद ।’ कार्यक्रमस्थल नारामा गुन्जियो ।

रावल नेकपा (एमाले) का पूर्व उपाध्यक्षसमेत हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖