• Saturday 17th of October 2026

डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल आयल भोलिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको जनाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएको छ ।

मंसिर १५ गतेदेखि मूल्य समायोजन गरी डिजेल र मट्टितेलको मूल्यमा एक रुपैयाँ घटाइएको छ भने हवाई इन्धनतर्फ ६ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖