• Saturday 17th of October 2026

ओलीकै गृह प्रदेशका कतिपय जिल्लामा पोखरेल समूहको क्ल्नि स्वीप


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा एमालेको ११ औं महाधिवेशन आउन अब १५ दिन पनि बाँकी छैन। यतिबेला महाधिवेशन प्रतिनिधि छानिएर आएका छन्।

११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने निश्चित भएको छ। ओली र पोखरेल दुवैले प्यानल बनाएर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने अन्तिम तयारी गरिरहेका छन्।

यतिबेला नेताहरु केन्द्रीय कमिटी र पदाधिकारी हुन खोज्ने नेताहरु आन्तरिक लविङमा लागेका छन्। ओली र पोखरेलबीच अध्यक्षमा प्रतिस्पर्धा हुने भएपछि उनीहरु आफ्नो टिम बनाउने गृहकार्यमा जुटेका छन्। तर उनीहरुलाई टिम बनाउन सकस परिरहेको छ। दुवै पक्ष यतिबेला प्रभावशाली नेतालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन्।

अध्यक्षपछि शक्तिशाली मानिने महासचिव कसलाई बनाउने भन्ने विषय पोचिलो बन्दै गएको छ। पोखरेल समूहले ओली पक्षमा प्रभावशाली नेता आफ्नो समूहमा ल्याउने कसरत गरिरहेको छ। सो समूहबाट नेताहरु आफ्नो समूहमा ल्याइसकेपछि प्यानल बनाउने योजनामा पोखरेल रहेको उनी निकट स्रोतले जनाएको छ।

अहिले एमालेमा पदाधिकारीको संख्या १५ रहेको छ। भदौमा भएको एमालेको दोस्रो विधान महाधिवेशनले १९ सदस्यीय रहेको पदाधिकारी संख्या घटाएर १५ बनाउने निर्णय गरेको थियो। पदाधिकारीको संख्या घटाएपछि दुवैलाई आफ्नो प्यानलब बनाउन सकस परिरहेको बताइएको छ।

अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव, ७ सचिवसमेत २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको छ। यस्तै, प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था छ। आगामी महाधिवेशनमा यही पदमा प्रतिस्पर्धा हुँदै छ।

ओली तेस्रो कार्यकालका लागि अध्यक्ष हुने दौडमा रहेकै बेला एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। यस घोषणासँगै एमाले अध्यक्षका लागि ओली र पोखरेलबीचमा प्रतिस्पर्धा हुने निश्चित भएको छ।

ओली तेस्रो पटक अध्यक्ष बन्ने दाउमा छन् भने पोखरेल ओलीको यात्रामा ब्रेक लागउने पक्षमा छन्। पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकी छन्। ओलीले विद्यालाई महाधिवेशन प्रतिनिधि हुनबाट रोकेपछि विद्याले आफ्नो समूहबाट पोखरेललाई अघि सारेकी हुन्।

देशभरबाट प्रतिनिधि छनोट भएर आइसकेका छन्, जसका आधारमा हेर्दा ओली अध्यक्ष बन्ने देखिन्छ। तर कतिपय स्थानमा ईश्वर पोखरेल समूहले ‘क्लिन स्वीप’ गरेर आफ्नो पकड बलियो रहेको सन्देश दिइसकेको छ। ओलीकै गृह प्रदेशका कतिपय जिल्लामा पोखरेल समूहले क्ल्नि स्वीप गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖