• Saturday 17th of October 2026

पार्टी मुख्यालयमा कर्ण थापासम्बन्धी घटना सामान्य:महेश बस्नेत


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले हिजो एमाले केन्द्रीय कार्यालयमा कर्ण थापासम्बन्धी सामान्य घटना भएको दाबी गरेका छन् ।

पार्टीको ११औं महाधिवेशनको राष्ट्रिय लोगो सार्वजनिक गर्ने कार्यक्रममा पार्टी कार्यालय च्यासलमा नै थापामाथि धरपकड भएको भिडिओ बाहिरिएको थियो । स्वयम थापाले पनि उक्त घटनालाई सामान्य भनेका थिए । यता, नेता बस्नेतले पनि यो घटना सामान्य भनेका छन् ।

बस्नेतले लेखेका छन्–

कर्ण कमरेड जी कै भनाइमा, अध्यक्षज्यूले बोलाएरै अघि बढ्नुभएको थियो, बीचमा स्वयंसेवकले नचिनेका कारण थोरै रोकेको हो। बस् त्यही दृश्यलाई अनावश्यक रूपमा भाइरल बनाउने प्रयत्न भएको छ। आफ्नै कमरेडहरूबाट आएका भावुक टिप्पणी हेरियो।

महाधिवेशनको संवेदनशील माहोलमा असमझदारी बढाउने, भ्रम फैलाउने वा मिडियाबाजी गर्ने बेला यो पक्कै होइन। सबै संयमित बनौं, संगठनभित्र एकता र विश्वासलाई प्राथमिकता दिऔँ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖