• Saturday 17th of October 2026

कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’मा प्रबेशपछि नायिका रिमाले भनिन्: दलको होइन देशको झोले बन्नुस्


  • धनकुटा खबर
  • .

अभिनेत्री रिमा विश्वकर्माले ऊर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’मार्फत औपचारिक रुपमा सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टी घोषणा सभालाई सम्बोधन गर्दै उनले परम्परागत राजनीतिको विकल्प खोज्दै आफू यो अभियानमा जोडिएको बताइन्।

सम्बोधनका क्रममा विश्वकर्मा निकै आक्रामक देखिइन्। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि कडा प्रहार गर्दै जेन–जी आन्दोलनतर्फ सङ्केत गरिन्। ‘प्रधानमन्त्री भएर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन भन्ने गैरजिम्मेवार नेतृत्व अब देशलाई चाहिँदैन,’ उनले भनिन्।

रिमाले कुलमान घिसिङप्रति उच्च सम्मान व्यक्त गर्दै उनको निर्णयले आफ्नो जीवनमा ठूलो प्रभाव परेको बताइन्। ‘म जन्मिएदेखि राजनीतिक चेत आएको बेला प्रधानमन्त्रीभन्दा बढी कसैले मेरो जीवनमा प्रभाव पारेको छ भने त्यो १८ घण्टे लोडसेडिङ हटाउने निर्णय हो,’ उनले भनिन्। उनले घिसिङलाई नतिजामुखी काम गर्ने सच्चा नेताको रूपमा व्याख्या गरिन्।

विश्वकर्माले युवाहरूलाई दलको अन्धभक्त भएर नहिँड्न चेतावनी दिँदै देश निर्माणका लागि जुट्न आह्वान गरिन्। ‘दलका झोला बोकेर धेरै हिँड्यौँ, अब देशका झोला बोकेर अघि बढ्ने बेला हो,’ उनले भनिन्।

उनका अनुसार नेपाल अहिले परिणाममुखी, इमानदार र जिम्मेवार नेतृत्वको खोजीमा छ, र आफू त्यही आग्रहका साथ राजनीतिमा प्रवेश गरेको बताइन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖