• Saturday 17th of October 2026

१० करोड लागतमा गुण्डुमा यस्तो बन्ने भो ‘ओली कुटी’, राधिका शाक्यले गरिन् शिलान्यास


  • धनकुटा खबर
  • .

काठमाडौं । भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ । बिहीबार एमाले अध्यक्ष केपी ओली पत्नी राधिका शाक्यले ओली कुटीको शिलान्यास गरेकी हुन् ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाइमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु भएको हो। यसअघि भक्तपुरको बालकोटमा ओलीको घर थियो। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते ओलीको निजी निवास प्रदर्शकारीले जलाइदिएका थिए।

बालकोटमा रहेका दुईवटा घर मरणोपरान्त राज्यका नाममा हुनेगरी दान गरिसकेको ओली परिवारले बताउँदै आएका छन्। राज्यकै नाममा दिइसकेको घर भएकाले अब आफै पुनर्निर्माण गरेर नबस्ने ओली दम्पतीको भनाइ छ ।

जेनजी आन्दोलनपछि ओली परिवार गुण्डुमा बस्दैआएको छ। एमाले नेता बस्नेतले ओलीका लागि त्यहीँ ‘ओली कुटी’ बनाएर राख्ने घोषणा गरेका थिए। ओली कुटी निर्माणका लागि एमालेका साधारण सदस्यले आर्थिक सहयोग गर्ने भएका छन् । १० करोड लागतमा ‘ओली कुटी’ बन्न लागेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖