• Friday 16th of October 2026

दूतावासबाट पास लिएर भारत छिरे दुर्गा प्रसाईं


  • धनकुटा खबर
  • .

काठमाडौ । ‘राष्ट्र,राष्ट्रियता,धर्म,सँस्कृति र नागरिक बचाऊ महाअभियान’ को नाममा राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि भारत पुगेका छन् । उनी आज अपराह्न स्थलमार्ग हुँदै नयाँ दिल्ली गएका हुन् ।

झापाको बिर्तामोड नगरपालिका-५ स्थित निवासबाट प्रदेश-१- ०१ ००१ च ९१९५ नं. को स्कर्पियोमा प्रसाईं पानी ट्यांकी नाकाबाट भारत छिरेको बुझिएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल लेखिएको सेतो रङको गाडी हाँकेर गएका उनले नाकामा भारतीय दूतावासको पास देखाएपछि छोडिएको थियो ।

प्रसाईं पर्सि २१ गते दिल्लीबाट काठमाडौं फिर्ता हुने र २२ गते प्रधानमन्त्रीसङ्ग भेट्ने कार्यक्रम छ ।

प्रसाईं पर्सि २१ गते दिल्लीबाट काठमाडौं फिर्ता हुने र २२ गते प्रधानमन्त्रीसङ्ग भेट्ने कार्यक्रम छ । उनी मङ्सिर १५ गते बिहान पनि त्यही गाडीमा सोही रुटबाट भारत पुगेर १७ गते राती नेपाल फर्किएका थिए ।

त्यसअघि उपचारका लागि छोरोसहित नयाँ दिल्ली पुगेका प्रसाईंलाई त्यहाँ भेटघाटमा रोक लगाइएको चर्चा थियो ।-जनआस्था

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖