• Friday 16th of October 2026

उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठको राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छिन् ।

आज सामाजिक सञ्जालमार्फत उनले राजीनामा घोषणा गरेकी हुन् ।

हेटौडामा भएको सडक विस्तारको विरोध गर्दै उनले राजीनामा दिएको उल्लेख गरेकी छिन् ।

सडक विस्तारमा बल प्रयोग गरेर सरकारले मानव अधिकार विरोधी काम गरेको उनको आरोप छ ।

उनले लेखेकी छिन्– ‘म आज देखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकता ले दिएन । म हेटौडा पीडितको साथ छु । ‘

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖