काठमाडौ । शिक्षामन्त्री महाबिर पुन भन्छन्-
१०० वटा पार्टी खोलेर रमिता देखाउनु भन्दा गाउँमा गएर बाख्रा पाले हुन्छ ।
यो पनि…
मिरमिरे’को टिजर सार्वजनिक
काठमाडौँ । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ । आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको इमोस्नल सम्बन्धको कथा टिजरमा देख्न सकिन्छ ।
बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन् । यसका लागि उनी स्कुलमा काम गर्छन् । छोरीले जानअन्जानमा नै आमाको अभावको महसुस गरिरहेकी छन् । यो दयाहाङले पनि महसुस गरेका छन् ।
सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन् । उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिएको छ । दयाहाङ राई र प्रकाश सपूतसँग उनी प्रेममा रहेको हो कि भन्ने चलचित्रको संवाद र दृश्यले देखाएको छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलकाे अभिनय छ ।
