दुर्गा प्रसाईंले ‘६ लाख ऋणिलाई कालो सूचीबाट हटाउनुपर्छ र बैंक र व्यवसायी छुट्याउनुपर्छ’ भनेपछि शिक्षामन्त्री महावीर पुनले ‘दुर्गा भाईले हावा कुरा गरेको’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले आफू शिक्षा मन्त्री भएर पैसाको अभावमा धेरै शिक्षकहरुलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन नसकेको, छाना नभएर र कक्षा कोठा नभएर सहयोग माग्न आउने विद्यालयहरुलाई खाली हात फर्काउन परेको दुखेसो पोखेका छन् । साथै उनले शिक्षकको अभाव भएर एक जना भए पनि शिक्षक दिन अनुरोध गर्ने स्कुलहरुलाई शिक्षक पठाउने जगेडा बजेट नै नभएको अवस्थामा कसरी ६ लाख जनताको ऋण मिनाहा गरि दिने रहेछन् दुर्गा भाईले भन्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘धनको देवता कुवेर नै त होइनन नि यिनी भाई !यस्ता हावा कुरा गरेर जनता झुक्याउनु हुन्न दुर्गा भाई । रेल ल्याउने, पानी जहाज ल्याउने र नेपाललाई सिंगापुर बनाउने भन्ने जस्ता हावा कुरा धेरैले गरेका छन् । यस्तो हावादारी कुरा गऱ्यो भने हाँसोको पात्र भइन्छ। तथास्तु!’
