• Friday 16th of October 2026

रवि लामिछानेलाई एरेष्ट गर्न शेरबहादुर देउवा इच्छुक हुनुहुन्थेन होला, हाम्रा पार्टीका चट्टुफट्टु साथीले रिभेन्ज लिनुभयो : सुनिल शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. सुनिल शर्माले आफू गत निर्वाचनमा सबभन्दा बढि मत र मतान्तरले निर्वाचित भएको नेता भएकोले पार्टी छोडेर कतै नजाने बताएका छन् । पत्रकार ऋषि धमलाले ‘तपाईंलाई त घण्टी कांग्रेस भन्छन् नि, कहिले रास्वपा जानुहुन्छ ?’ भनेर सोधेको प्राइम टिभीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि सोधेको प्रश्नमा नेता शर्माले अबको १५ वर्षपछि कांग्रेस आफूले नै लिड गर्ने भएकोले कुनै पनि पार्टीमा नजाने बताएका हुन् ।

उनले भने,‘मेरो त यो पार्टीभित्र सुन्दर भविष्य छ। आजको १५ वर्षभत्र यो पार्टी हामीले लिड गर्ने हो, कताको घण्टी पार्टी जाने भन्नुहुन्छ तपाईं, सम्भव भयो भने बरु घण्टीका साथीहरुलाई पनि यही पार्टीमा ल्याउने हो । यो त लोकतान्त्रिक पार्टी हो, घण्टी पनि लोकतान्त्रिक पार्टी हो ।अब ग्रेटर कांग्रेस बनाउने पो हो त ।’ उनले कांग्रेसका नेताहरुलाई शक्तिको उन्मादमा नरम्न चेतावनी दिएका छन् ।

उनले रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न आफ्नो पार्टीका सभापति शेरबहादुर देउवा पनि इच्छुक नभएको जस्तो आफूलाई लागेको खुलाए । उनले भने,‘यो रवि लामिछानेलाई एरेष्ट गर्ने कुरामा मलाई लाग्छ सुरुमा शेरबहादुर दाई ईन्ट्रेष्ट हुनुहुन्थेन होला, त्यति ठूलो बदलाको भावना उहाँमा छैन । बुढो हुनुभयो । उहाँ साँच्चिकै डेमोक्र्याट नेता हो । तर, हाम्रा पार्टीका चट्टुफट्टु साथीहरुले रिभेन्ज लिनुभयो । बदलाको भाव राखेर अनेक हुर्मत लिने काम गरे ।’

उनले हिजो, आज र भोलिको लागि पनि आफ्नो लागि केपी शर्मा ओलीप्रति राष्ट्रवादी नेता भएको छाप रहेको बताए । उनले केपी ओलीसँग राष्ट्रको पक्षमा अडान लिने कुरामा सबैले राम्रो गुण लिनुपर्ने बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖