• Friday 16th of October 2026

एमाले सधैं ‘गोल्डेन बुट’ जित्ने खेलाडी हो, खुट्टामा बल पर्‍यो कि ड्याम्मै:ओली


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राजनीतिक मैदानमा सधैं ‘गोल्डेन बुट’ जित्ने खेलाडी जस्तै भएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

एमालेको शक्ति र प्रभावबारे चर्चा गर्दै अध्यक्ष ओलीले एमालेलाई कसैले रोक्न नसक्ने जिकिर गरे। उनले भने, ‘नेकपा एमाले यस्तो खेलाडी हो, जसले सधैं गोल्डेन बुट जित्छ। एमालेको खुट्टामा बल पर्यो कि कुद्यो र लग्यो, ड्याम्मै गोल गरिहाल्छ।’

सम्बोधनका क्रममा उनले एमाले अहिले सरकार बनाउने र ढाल्ने खेलमा नलागेको समेत स्पष्ट पारे।

आफूहरू स्वतन्त्र र निष्पक्ष निर्वाचनको प्रतीक्षामा रहेको भन्दै ओलीले भने, ‘हामी बीचको खेलमा सरकार बनाउने पक्षमा छैनौँ। चुनाव जहिले हुन्छ, त्यसपछि बन्ने सरकार एमालेकै हो।’

एमालेलाई विशाल नदीमा आएको बाढीको संज्ञा दिँदै उनले सानातिना अवरोधले यसलाई छेक्न नसक्ने चेतावनी दिए। ‘एमाले बाढी जस्तै हो, जसलाई बाँसका भाटा वा आलीले रोक्न सकिँदैन। एमाले आयो आयो,’ ओलीले दाबी गरे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖