• Friday 16th of October 2026

महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्छु, चाँडै नै देश दौडाहामा जान्छु : गगन थापा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

पार्टीभित्र नेतृत्व पुस्तान्तरण, नवीन सोच र प्रभावकारी संगठन विस्तारका लागि आफू तयार रहेको उनले स्पष्ट पारेका छन्।

सर्लाहीको मलंगवामा नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले केही दिनमै देशव्यापी दौडाहामा निस्केर आफ्ना प्रस्तावित नीति तथा दृष्टिकोण पार्टी सदस्यमाझ प्रस्तुत गर्ने बताए।

थापाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा पनि काठमाडौँबाटै उम्मेदवारी दिने घोषणा गरे। पार्टीको महाधिवेशन र फागुन २१ गते तोकिएको निर्वाचनको तयारी दुबैलाई समानान्तर रूपमा अघि बढाइने उनले स्पष्ट पारे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖