• Friday 16th of October 2026

प्रधानमन्त्रीको राजीनामा माग्दै बालुवाटारको गेटमा पर्चा टाँस्ने युवा पक्राउ, मिराजको टोली भद्रकालीमा


  • धनकुटा खबर
  • .

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँस्ने प्रकाश शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आज मध्यरातमा घरबाटै पक्राउ गरेर प्रहरी परिसर भद्रकालीमा राखिएको जेन-जी अभियन्ता मिराज ढुंगानाले जानकारी दिए ।

ढुंगाना नेतृत्वको गरिखान देऊ अभियाका सदस्य रहेका शर्माले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै बालुवाटारको गेटमा अस्ति पर्चा टाँसेका थिए ।

अहिले मिराजसहितको टोली शर्मालाई छुटाउन माग गर्दै भद्रकालीमा पुगेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖