• Friday 16th of October 2026

अध्यक्ष ओलीविरुद्ध लगाईएको स्थानहद तत्काल हटाउन ईश्वर पोखरेलको माग, भदौ २४ पछिको दृष्टिकोणमा के छ ?


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले छुट्टै राजनीतिक अवधारणा पार्टी कार्यालयमा दर्ता गराएका छन् । आज पोखरेलसहितका नेताहरु पार्टी मुख्यालय च्यासलमा पुगेर महासचिव शंकर पोखरेललाई बुझाएका हुन् ।

सो दस्तावेजमा जेनजी आन्दोलनको चर्चासमेत गरिएको छ । यस्तै, भदौ २४ पछिको राजनीतिक स्थिति र आफूहरुको दृष्टिकोण शीर्षकमा अन्तरिम सरकारलाई २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यदेश रहेको कुरा उल्लेख गरिएको छ ।

उक्त अवधारणापत्रमा भनिएको छ,‘अन्तरिम सरकारले निर्वाचन घोषणा गरेको छ । तर, निर्वाचनको विश्वसनीय वातावरण बनिसकेको छैन । हाम्रा अध्यक्षलाई उपत्यकाबाहिर जान नदिने निर्णयले पनि निर्वाचनमा जान हामीलाई बाधा दिइरहेको छ । हाम्रो पार्टीका गतिविधिमाथि सडकबाट नियन्त्रण गर्ने दुष्प्रयासह भइरहेका छन् । हामीलाई विश्वास छ, जनताको समर्थन र पार्टी पँक्तिको परिचालनमार्फत हामी हाम्रा विरुद्धका गतिविधिहरुलाई निस्तेज पार्न र देशका राजनीतिक शक्तिहरुलाई एकतावद्ध पार्न सफल हुनेछौं । हामीले त्यसका लागि पहलकदमी पनि लिनुपर्छ ।’

एमाले लोकतान्त्रिक पद्धतीमा आस्था राख्ने कुरा उल्लेख गरिएको छ । पोखरेलले अब निर्वाचनबाटै राजनीतिक निकासको विकल्प खोज्ने कुरामा विश्वास राख्नुपर्ने मत राखेका छन् । उनले भनेका छन्,‘त्यसैले पनि हामी यतिवेला निर्वाचनमा जानु, नयाँ जनादेशसहितको संसद् स्थापना गर्नु र त्यसका माध्यमबाट विद्यमान संवैधानिक समस्या ह लगर्दै बरालिएको राजनीतिक कोर्ष करेक्सेन गर्नुको विकल्प छैन ।’

उनले अब एमालेले सरकारलाई शान्तिसुरक्षा कायम गर्दै निर्वाचनको वातावरण बनाउन खबरदारी गर्ने, अध्यक्ष ओलीविरुद्ध लगाईकाृ स्थानहद तत्काल हटाउन माग गर्ने, भगौडा कैदीबन्दीहरुलाई तत्काल जेलमा फर्काउन विशेष अभियान चलाउन माग गर्ने माग अघि सारेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖