• Friday 16th of October 2026

काठमाडौं–४ बाट कांग्रेस महामन्त्री थापाको नाम एकल सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं । आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए ।

संगतले महामन्त्री थापाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत एकल सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार, समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा सिफारिस भएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖