काठमाडौँ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले पार्टी प्रवक्ता डा.प्रकाशशरण महत, पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, तरुण नेता सरिन घिमिरेसहित प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय समितिको बुधबार बसेको बैठकले प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय समितिले उनीहरूसहित रजनी थापा, भैरव सापकोटा, जनक श्रेष्ठको नाम पनि सिफारिस गरेको छ ।
थापा जेसिसको राष्ट्रिय अध्यक्ष पनि हुन् । तरुण दलका केन्द्रीय सदस्य घिमिरे पार्टी महासमिति सदस्य पनि हुन् ।
