• Friday 16th of October 2026

जेनजी अभियन्ता मिराज ढुंगानालाई धपाएपछि…


  • धनकुटा खबर
  • .

जेनजी अभियन्ता मिराज ढुंगाना बिहीबार सिंहदरबारको मुख्य गेटमा पुगेपछि प्रहरीले उनलाई र साथमा रहेका युवाहरूलाई त्यहाँबाट हटाएको छ। सरकार र जेनजीबीच हिजो भएको १० बुँदे सम्झौताप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गर्न पुगेको मिराज समूहलाई प्रहरीले नियन्त्रण गर्दै अनामनगरतर्फ धपाएको हो।

मिराज नेतृत्वको समूहले बिहानै एक विज्ञप्ति जारी गर्दै सम्झौता स्वीकार्य नहुने चेतावनी दिएको थियो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग उठाउँदै आएको यो समूहलाई यसअघि पनि प्रहरीले सिंहदरबार गेटबाट लखेटेको थियो।

प्रधानमन्त्री सुशीला कार्कीप्रति कडा विरोध व्यक्त गर्दै आएका मिराज समूहका सदस्यहरू उनीविरुद्धको नाराबाजी गर्न भोलिपल्ट बालुवाटार समेत पुगेका थिए, तर त्यहाँ पनि प्रहरीले प्रदर्शन गर्न अनुमति दिएको थिएन।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरिसकेको मिराज समूहलाई सुरक्षा निकायले ‘संवेदनशील समूह’को सूचीमा राखेर सुक्ष्म निगरानी गर्दै आएको बताइएको छ। समूहको तीव्र असन्तुष्टि र बारम्बारको विरोधका कारण राजधानीमा सुरक्षा सतर्कता पनि बढाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖