• Friday 16th of October 2026

प्रतिनिधिसभा निर्वाचन : आरजु राणा बर्दिया–२ बाट पनि सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नाम बर्दिया–२ बाट पनि सिफारिस भएको छ ।

यो आरजुकी आमाले पनि निर्वाचन लड्दै आएको क्षेत्र हो । यसअघि आरजुको नाम कैलाली–५ बाट सिफारिसमा परेको थियो ।

आरजु सभापति शेरबहादुर देउवा पत्नी हुन् । उनीसहित अन्य १० जनाको नाम पनि सिफारिस भएको छ ।

जसमा किशोरसिंह राठौर, अरुण प्रकाश सिंह राठौर, जग्गा प्रसाद पाण्डे, मीनराज चौधरी, प्रशुराम चौधरी, मकरबहादुर सिजापति, रामचन्द्र थापा, विद्या प्रसाद खनाल र दिपक भण्डारी रहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖