• Friday 16th of October 2026

भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी त्यतिबेलाका प्रधानमन्त्रीलाई जान्छ तर कारबाही गर्न मिल्दैनः झाक्री


  • धनकुटा खबर
  • .

नेकपा एमालेका नेता रामकुमार झाक्रीले भदौ २३ गतेको घटनाको प्रमुख राजनीतिक नैतिक जिम्मेबारी तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओल) मा जाने बताएकी छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले तर यी घटनाका लागि पूर्व प्रमलाई कानुनी कारवाही गर्ने वा आपराधिक अभियोग लगाउनु खोज्नु भनेको नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्नुभएको बताएकी छन्।

‘भदौ २३ गतेको घटनाको प्रमुख राजनीतिक, नैतिक जिम्मेबारी तत्कालिन प्रधानमन्त्रीमा जान्छ। त्यसैले त उहाँले भाद्र २४ मा राजिनामा दिनु भएको हो। तर यी घटनाका लागि पूर्व प्रमलाई कानुनी कारवाही गर्ने वा आपराधिक अभियोग लगाउनु खोज्नु भनेको नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्नु हो।संसद जस्तो संवेदनशील स्थानमा अप्रत्याशित ढंगले उत्पन्न जोखिमको अबस्थामा भिडलाई नियन्त्रण गर्न सुरक्षामा तैनाथ सुरक्षा कर्मीले गोली चलाउँदा पुगेको क्षतिलाई लिएर तत्कालीन प्रमलाई हत्याको अभियोग लगाउने र मुद्दा चलाउने हो भने राज्यको वैधानिकता र कोएर्सिव–पावर कहाँ पुग्छ?,’ उनको प्रश्न छ।

अझै पनि यस्ता आन्दोलन हुन सक्ने, अप्रिय घटना हुन सक्ने र त्यस्तो अवस्था निर्माण भयो भने अहिलेका प्रधानमन्त्री, गृहमन्त्री हत्या अभियोगका लागि तयार छन् भन्दै उनले प्रश्न गरेकी छन्।

‘फौजदारी अपराधको दायराभित्र यो पर्छ र? अब त के यो सरकार जस्तै कानुन पनि तत्काल आवश्यकताको सिद्धान्तकै नाममा मनपरी व्याख्या हुने अभ्यास गर्न खोजेको हो? पूर्व प्रमलाई हत्याको अभियोग लगाउने रोमाञ्चकारी कुरा ले एकै छिन रमझम देला, तर यस्ता कथ्यले नेपालको राज्य प्रणाली उठ्नै नसक्ने गरी थला पर्नेछ। राज्यसंयन्त्रको शक्ति, वैधता र विश्वसनीयता तीब्र गतिमा ओरालो लाग्नेछ। यस्तो बेला पार्टी भित्रका र बाहिरका सबै मान्छेहरूले यतातर्फ सोच्नु पर्दैन?,’ उनले भनेकी छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖