• Friday 16th of October 2026

नवनियुक्त मन्त्री श्रद्धा श्रेष्ठ भ्रष्टाचारको आरोपमा मुछिएकी थिइन् ?


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनको प्रभावमा बनेको अन्तरिम सरकारले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री थपेको छ। तीमध्ये महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी श्रद्धा श्रेष्ठलाई दिइएको छ। तर, मन्त्री नियुक्त भएको केही घण्टामै नै सामाजिक सञ्जालमा उनको विगतबारे प्रश्न उठ्न थालेका छन्।

११ वर्षअघि नेपाल पर्यटन बोर्डसँग सम्बन्धित एक भ्रष्टाचार मुद्दामा उनको नामसमेत मुछिएको दाबी गर्दै विभिन्न प्रयोगकर्ताहरूले आलोचना गरेका छन्।

मन्त्रिपरिषद् विस्तारपछि सरकारको सक्रियता बढ्ने अपेक्षा राखिएको छ तर नयाँ मन्त्रीमध्ये श्रद्धा श्रेष्ठमाथि उठेको प्रश्नले भने राजनीतिक तहमा फेरि बहस चर्कने संकेत देखिएको छ।

उनलाई दिइएको नयाँ भूमिकासँगै विगतका विवादहरूको पुनः समीक्षा तथा सत्यतथ्य पुष्टि आवश्यक रहेको जनमत सामाजिक सञ्जालमा देखिन थालेको छ। सरकारका अन्य सदस्यहरू अहिले मन्त्रालय सञ्चालनमा व्यस्त रहँदा, श्रद्धामाथि उठेका टिप्पणीहरूले मन्त्री नियुक्ति प्रक्रियाको पारदर्शितामाथि पनि बहसको चहलपहल बढाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖