• Friday 16th of October 2026

सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोललाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ ।

११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि छनोटमा परेकी हुन् ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् । डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट प्रतिनिधि छनोट भएकी हुन् ।

त्यस्तै, एमाले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्ष क्रमशः दीपक निरौला,पुरुषोत्तम आचार्य र बच्चन देउजा पनि मनोनित प्रतिनिधि बनेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖