• Friday 16th of October 2026

एमाले महाधिवेशनमा देउवा नजाने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा नजाने भएका छन्।

केही बेरमा भक्तपुरको सल्लाघारी चौरमा सुरु हुने महाधिवेशनको उद्घाटन समारोहमा देउवा सहभागी नहुने भएका हुन्।

कांग्रेसको तर्फबाट शुभकामना दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने उनको सचिवालयले जनाएको छ। एमालेले उद्घाटन समारोहमा सहभागी हुन १६ दललाई निम्ता दिएको थियो।

देउवालाई भने एमालेका महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ र नेता महेश बर्तौँलाले निवासमै पुगेर बोलाएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖