• Friday 16th of October 2026

एमाले महाधिवेशन : तीन हजार सवारीसाधन काठमाडौं भित्रिए


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन बिपी मार्ग हुँदै करिब तीन हजार सवारी साधनहरू काठमाडौं भित्रिएका छन् ।

महाधिवेशन उद्घाटनलाई लक्षित गर्दै पूर्वी नेपालका विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरू सवारी साधनसहित काठमाडौं प्रवेश गरेका हुन् ।

सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, उदयपुर, खोटाङ, सोलुखुम्बु, महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायतका जिल्लाबाट आएका बस, मिनिबस, जिप, कार तथा भ्यानको सङ्ख्या करिब तीन हजार रहेको अनुमान गरिएको छ ।

ती सवारी साधनहरूमा झण्डा र ब्यानरसहित एमालेका नेता तथा कार्यकर्ताहरू काठमाडौं प्रवेश गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖