• Friday 16th of October 2026

भक्तपुरको उपस्थिति एउटा थोपा मात्र भएको भन्दै एमालेलाई होच्याउने र जिस्काउने काम नगर्न ओलीको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापना गराएरै छाड्ने उद्घोष गरेका छन् ।

भक्तपुरको सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘यो मानिसहरूको भीड मात्र होइन, देश जोगाउने आन्दोलन र अभियान हो’, ओलीले भने, ‘यसलाई कसैले पनि गल्तीले पनि अन्डर माइन्ड नगरोस् ।’ उनले एमालेको भक्तपुरको उपस्थिति एउटा थोपा मात्र भएको भन्दै एमालेलाई होच्याउने र जिस्काउने काम नगर्न चेतावनी दिए ।

‘देशलाई लोकतान्त्रिक बाटोमा फर्काएर छाडिन्छ, संसद् पुनर्स्थापना गराएर छाडिन्छ, संविधानलाई ट्र्याकमा ल्याएर छाडिन्छ, यो एमालेको सङ्कल्प हो’, ओलीले यो सङ्कल्पमा सबैलाई लाग्न आग्रह समेत गरे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖