• Friday 16th of October 2026

हाइकिङका क्रममा ढले भारतीय राजदूत, अचेत अवस्थामा भेन्टिलेटरमा, हेलिकप्टरबाट अस्पताल लगियो


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर २७ । नेपालमा कार्यकाल सकेर फर्कन लागेका भारतीय राजदूत नविन श्रीवास्तव आज शनिबार अचानक अचेत भएपछि भेन्टिलेटरमा राखिएको छ।

छुट्टीको दिन हाइकिङका लागि निस्किएका राजदूत श्रीवास्तवलाई काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका वडा नम्बर ९ भस्मेसुर डाँडाको जंगलमा अचानक छाती दुखेपछि ढलेको जनाइएको छ।

दिउँसो करिब अढाइ बजे दूतावासका दुई जना अधिकारीसहित हाइकिङमा गएका बेला उनी अकस्मात लडेपछि नेपाली सेना र प्रहरीले संयुक्त रुपमा उद्दार गरेका थिए।

श्री युद्ध कवच गणबाट क्याप्टेन रत्नदिपसिंह ठकुरीको कमाण्डमा ९ जना सैनिक र सशस्त्र प्रहरी बल दंगा नियन्त्रण रेजिमेन्ट गण नीलबाराही, कीर्तिपुरबाट इन्स्पेक्टर लोकबहादुर तामाङको नेतृत्वमा १७ जनाको टोलीले उद्दार कार्य सम्पन्न गरेको थियो।

उद्धारपछि सेनाको हेलिकप्टरमार्फत साँझ ४ बजेर ३० मिनेटमा उनलाई ग्राण्डी अस्पताल पुर्याइएको थियो। हाल उनी भेन्टिलेटरमा राखी उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖