काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भीड भन्दै शनिबार एउटै तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो ।
एमाले नेता महेश बस्नेतले शनिबार दिउँसो ३:२२ बजे आफ्नो सामाजिक सञ्जालमा भक्तपुरको सल्लाघारीमा भएको सभामा जनसागर उर्लिएको भन्दै भ्रामक फोटो सेयर गरेका थिए ।
सल्लाघारीमा जम्मा भएको भीडको केही क्लोज्ड र एउटा ड्रोनबाट कैद गरिएको जस्तो देखिने एरिएल तस्वीर पोस्ट गरेका थिए बस्नेतले ।
