• Friday 16th of October 2026

विद्युत प्राधिकरण बुटवलकी कर्मचारी एमाले महाधिवेशन प्रतिनिधि


  • धनकुटा खबर
  • .

बुटवल । कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरकी कर्मचारी नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि (मतदाता) बनेको खुलेको छ ।

प्राधिकरणकी वरिष्ठ सहायक सिनियर मिटर रिडर कल्पना थापा एमाले महाधिवेशन प्रतिनिधि चयन भएर महाधिवेशनमा सहभागी भएकी हुन् । महाधिवेशनको उदघाटन समारोहमा थापा पुगेको तस्वीर सार्वजनिक भएपछि उनले सरकारको कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गरेको पुष्टि भएको हो ।

विनियमावलीको परिच्छेद १३ को नियम १३० मा कुनै पनि कर्मचारीले राजनीतिक दलको सदस्यता लिनु नहुने, राजनीतिक दलहरुले सञ्चालन गरेको राजनैतिक क्रियाकलापमा सहभागी बन्न नहुने र निर्वाचनमा भाग लिन नहुने स्पष्ट उल्लेख छ ।

यस्तै कर्मचारीले कुनै पनि राजनैतिक पदको लागि हुने निर्वाचनमा भाग लिन र कसैको निमित्त मत माग्न वा कुनै प्रकारबाट प्रभाव पर्नेगरी राजनीतिक प्रचार प्रसार गर्नु गराउन नपाइने उल्लेख छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖