• Friday 16th of October 2026

एमाले नेता भट्ट रास्वपा प्रवेश गर्दै


  • धनकुटा खबर
  • .

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका एमालेका पूर्व नेता गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै उनले रास्वपामा आवद्ध हुने जानकारी दिएका हुन्।

यसअघि भट्ट माओवादी केन्द्र हुँदै नेकपा (एमाले) मा सक्रिय थिए। उनले गत कार्तिक १४ गते एमाले पार्टी परित्यागको घोषणा गरेका थिए। भट्ट एमालेको प्रदेश कमिटी सदस्य समेत रहेका थिए।

राजनीतिक यात्राको क्रममा उनले २०७४ सालमा माओवादी केन्द्रको तर्फबाट गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए तर पराजित भए।

त्यसैगरी २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट नगर प्रमुख पदमै प्रतिस्पर्धा गरे पनि उनी पराजित बनेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖