• Friday 16th of October 2026

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।

संशोधित तालिका अनुसार उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थप गरिएको छ ।

सूचनामा भनिएको छ, ‘महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनको लागि पार्टीको विधान, निर्वाचन नियमावली समेतको अधीनमा रही केन्द्रीय निर्वाचन आयोगको निर्णयानुसार यसअघि प्रकाशित सूचनामा निम्नबमोजिम संशोधन हुने भएकोले तपसिल बमोजिमको संशोधित निर्वाचन कार्यक्रम प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖