महासचिव पदका दावेदार प्रदीप ज्ञवालीले उपाध्यक्ष बन्न अस्वीकार गरेका छन्।
ओली पक्षले उपाध्यक्षमा उनको नाम अघि सारे पनि ज्ञवालीले “महासचिवभन्दा माथि पनि, तल पनि लड्दिनँ” भन्दै प्रस्ताव नस्वीकारेको स्रोतले जनाएको छ।
नाम राखिएपछि असन्तुष्ट ज्ञवाली महाधिवेशनस्थलमा नपुगी घरमै बसेका छन्।