एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्षमा केपी शर्मा ओलीसँग पाेखरेल भिड्न लागेका हुन् । नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुँदैछ ।