सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो ।
सरकारले भारतीय ठूला दरका नोटको प्रतिबन्ध हटाएसँगै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित नोटमात्र चलनचल्तीमा ल्याउन सकिने व्यवस्था गरेको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए ।
