• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अवतरण गर्ने क्रममा जहाज दुर्घटना, ७ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

मेक्सिकोमा निजी विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ।

मेक्सिकोको औद्योगिक क्षेत्र सान माटेओस्थित टोलुका विमानस्थल नजिकै सोमबार एउटा निजी जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेडे प्रेसले जनाएको छ।

जहाज आपतकालीन अवतरण गर्ने क्रममा भवनको छानोमा ठोक्किएर आगलागी भएको थियो।

प्रशान्त तटको आकापुल्कोबाट उडेको उक्त विमानमा आठ यात्रु र दुई चालक दल सदस्य दर्ता भए पनि दुर्घटनापछि केही घण्टासम्म सात जनाको शव मात्र फेला परेको जनाइएको छ।

विमानले नजिकैको फुटबल मैदानमा अवतरण गर्ने प्रयास गरेको भए पनि छेउकै एक व्यवसायिक भवनको धातु छानामा ठोक्किँदा ठूलो आगलागी भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖