• Friday 16th of October 2026

मन र मत दुवै पाउने विश्वासमा छु : प्रदीप ज्ञवाली


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका निवर्तमान उपमहासचिव प्रदीप ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको टिमलाई विजयी बनाउन अपिल गरेका छन् ।

आज बिहानै उनले सामाजिक सञ्जालमा सन्देश लेख्दै नेकपा एमालेको आन्तरिक जीवनसँगै चुनौतीपूर्ण राष्ट्रिय राजनीतिमा दूरगामी अर्थ राख्ने भएकाले ओलीले अगुवा गरेको टिमलाई शानदार मतका साथ विजयी गराउन अपिल गरेका हुन् ।

उनले भनेका छन्, ‘आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन कमरेडहरूमा हार्दिक अपिल गर्दछु ।

म हमेसा कमरेडहरूकै बीचमा छु, त्यहीँ रहन्छु । यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुवै पाउने विश्वास लिएको छु ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖